२२ असार २०७७
काभ्रे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृ शोक परेको छ । घिसिङका बुबा कृपासिंङ घिसिङको गत राती ९८ बर्षको उमेरमा निधन भएको हो । रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी कृपासिंह घिसिङ पछिल्लो समय छोराहरुसँग काठमाडौंमा बस्दै आएका थिए ।
घिसिङ टोल सुधार समिति डहुको संरक्षक समेत रहेका घिसिङ ट्वाइलेट जाने क्रममा लडेर घाइते भइ उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको परिवारका आफन्त एवं सुनापती गाउँपालिका–४ बेथानका वडाअध्यक्ष खड्ग घिसिङले जानकारी दिए ।
उनका अनुसार केही समय अघि दुई साता आफ्नो जन्मभूमि डहुमा बसेर कृपासिं घिसिङ काठमाडौं फर्केका थिए । धुम्बाराहीस्थित माइलो छोरा गणेश घिसिङसँग बस्दै आएका थिए ।
मृतक घिसिङका आज नै अन्त्यष्टि गरिने परिवारले बताएको छ । परिवारका अनुसार आज बिहान १० बजे तामाङ गुम्बाबाट स्यम्भुमा लगेर अन्त्येष्टि गरिनेछ ।

Comments

comments