२२ असार २०७७
धुलिखेल । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ मा स्थित खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । आईतबार करिब साँझ ५ बजे लामा जक्सन स्थित खोलामा पौडिखेल्ने क्रममा ९ वर्षिय वालकको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका वडा नं ४ घर भई हाल वडा नम्बर ७ मा पसल गरी बस्ने साईला परियारको ९ वर्षिय छोरा पुकार परियार रहेका छन्
खोलामा डुबेर गम्भीर घाईते भएका बालकको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

Comments

comments