२२ असार २०७७
धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका वडा नं. १ र २ मा युरिया मोलासेस मिनिरल ब्लक बनाउने तालिम सम्पन्न भएको छ । धुलिखेल नगरपालिका पशुपंक्षी शाखाको आयोजनामा भएको उक्त तालिम आज उक कार्यक्रमकाबीच सम्पन्न भएको हो ।
तालिममा दुवै वडाका गरि २५ जनाको सहभागीता रहेका थिए । तालिमको समापन नगर उप प्रमुख बिमला कुमारी शर्माले आज गरेका थिए ।
समापन कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका प्रमुख डा. मोगल प्रसाद शाह, पशु विकास अधिकृत राजकुमार हुमागाई, धुलिखेल नगरपालिका वडा नं. १ का अध्यक्ष रोमश घोरासाइने, वडा नं. २ वडा अध्यक्ष देवप्रसाद कोइराला, धुलिखेल नगरपालिका पशुपन्क्षी शाखा प्रमुख पुरूषोतम हुमागाई, सेतिदेवी दुग्ध उत्पादन संस्थाका अध्यक्ष चतुर्भुज तिमल्सिना, साना किसान संस्थाका अध्यक्ष सालिकराम पराजुली लगायतका सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।