२२ असार २०७७
मण्डनदेउपुर । काभ्रे जिल्ला मण्डनदेउपुरका किसानहरुलाई फलफूल विरुवा वितरण गरेको छ । आज यस नगरपालिकाका किसानलाई ईको हिमाल नेपालले फलफूलका विरुवा बितरण गरेको हो ।
किसानलाई वितरण गरिएको फलफूल विरुवाहरुमा सुन्तला, कागती, जुनार, आँप, कटहर, स्याउ, कागती, बदाम, अंगुर, आरु र अलुचा गरी ११ प्रकारका रहेका छन् । ५० देखी ९० प्रतिशत अनुदानमा फलफूलको विरुवा बितरण गरेको ईको हिमाल नेपालका कृषि प्राविधिक हरि कार्कीले जानकारी दिए ।
विरुवा वितरण नगर प्रमुख टोक बहादुर वाईवाले एक कार्यक्रमकाबीच गरेका थिए । ५० जना किसानले बिभिन्न जातका एघार सय ओटा फलफूलका बिरुवा लगेका छन् ।
करिब १५ सय ओटा फलफुलका विरुवा बितरण गर्ने योजना संस्थाले बनाएको छ । विरुवा रोप्ने ठाउँको छनोट, रोप्ने खाल्डो खन्ने देखि रोप्ने तरिका समेत किसानलाई प्राविधिकले सिकाएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















