२३ असार २०७७
तेमाल । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ९ का दलित समुदायलाई आधुनिक आरान वितरण गरिएको छ । सोमबार वडा अध्यक्ष चन्द्र बहादुर लामाले उक्त आरान वितरण गरिएको हो ।
चालु आर्थिक वर्षमा वडाले उक्त सामाग्री वितरणको लागि बजेटको व्यवस्था गरेको थियो । वितरण कार्यक्रमा वडा अध्यक्ष लामा, वडा सदस्यहरु कान्छा लामा, सुन्तली विक, समाजसेवी पदमबहादुर सापकोटा लगायतका पुगेका थिए ।

परम्परागत शिपको विकास आधुनिकीकरण गर्दै लाने वडाको योजना अनुसार आधुनिक आरानको व्यवस्था गरेको वडा अध्यक्ष लामाले बताए ।
आधुनिक आरान पाएपछि दलितहरु खुशी भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।