काठमाण्डौ । युएईबाट विमान चार्टर गरेर अाएका यात्रुहरु अाफ्नै देशमा अलपत्रमा परेका छन् ।

कोरोना भाइरसको कहर सगै लकडाउनले गर्दा वैदेशिक रोजगारी सिलसिलामा युएईमा काम गर्दै आएका श्रमिकहरु आज मंगलबार हिमालयन विमानबाट १२ जना श्रमिकहरुलाई नेपाल ल्याएको थिए।

उक्त यात्रुहरुलाई ललितपुर होल्डिङ सेन्टरमा राखेर ना ४ ख,६३४३ नम्बरको बसबाट धनगढी प्रस्थान गरेका
यात्रुहरुलाई थानकोट चेकपोस्टमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रोकिएको थियोे ।

बस सञ्चालकले अरु थप तीन जना यात्रुहरूलाई गाडीमा चढाएपछि नेपाल प्रहरीले रोकेका थिए।रोकिएको गाडीलाई सम्बन्धित निकायमा लामो छलफलपछि बल्लतल्ल गन्तव्य स्थान तर्फ लागेको जानकारी प्राप्त भएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।