२३ असार २०७७
धुलिखेल । काभ्रे जिल्लामा मास्कलाई अनिवार्य बनाएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेले एक सूचना जारी गर्दै मास्क नलगाइ बाहिर निस्केमा प्रहरीले पक्राउ समेत गरिने जनाएको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सर्वसाधरणलाई जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्न यस अघि नै मास्कलाई अनिवार्य लगाउनुपर्ने जनाएको थियो ।
आजैदेखि लागु हुने गरि जिल्ला प्रशाससन कार्यालय, काभ्रेले पनि नजस्वास्थ्य र सुरक्षा मापदण्डा पालना गर्न यसरी सूचना जारी गरेको हो ।
‘अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन परेमा अनिवार्य रुपमा मास्क प्रयोग गरेर मात्र निस्कने । मास्क प्रयोग बिना घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्मीले तुरुन्त नियन्त्रणमा लिइ संक्रमण रोग ऐन २०२० बमोजिम कार्वाही हुनेछ ।’ सूचनामा भनिएको छ, ‘घर बाहिर हिँडडुल गर्दा, सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा कम्तिमा २ मिटरको सामाजिक दुरी कायम गरेर मात्र आवतजावत गर्ने ।’
यसैबीच सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुमा सेवाग्राहीले तथा सेवनप्रदायकले अनिवार्य रुपमा २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र साबुनपानीले बारम्बार हात धुने तथा सेनीटाइजरको प्रयोग गर्ने सूचनामा उल्लेख छ ।
जिल्लामा कोरोना संक्रमित संख्या १३ पुगेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।