२५ असार २०७७
काठमाडौं । सिन्धुपाल्चोक जिल्लको बाह्रविसे नगरपालिकामा बाढी पहिरो जाँदा ३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन् ।
गएराति जबमुमा स्थानीय याल्मो ठाडो खोलाले ११ वटा घर बगाउँदा सो घट्ना भएको हो ।
घटनास्थलमा रहेका सुरेनविक्रम योन्जनले दिएको जानकारी अनुसार स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीय छोरीको शव भेटिएको छ । अर्की एक जनाको ठेगाना खुलेको छैन । अरु १६ जना बेपत्ता भएका छन् ।
सेना तथा प्रहरीको टोलीले उनीहरुको खोजी गरिरहेको योन्जनले जानकारी दिए । मृतक निकेशकी श्रीमती सबिना बस्नेत र स्थानीय सुवेस तामाङ गम्भीर घाइते भएका छन् । १० घरमा क्षति पुगेको छ भने भोटेकोशी किनार वारीपारी रहेका झण्डै ५० घर बाढीको उच्च जोखिममा रहेको उनले बताए ।

Comments

comments