२६ असार, २०७७ धुलिखेल । काभ्रेमा प्रहरीले माक्स नलगाई हिड्नेलाई अब कारबाही गर्ने भएको छ । काभ्रेमा प्रहरीले ४१५ जनालाई कारबाही गरेको हो ।
कारबाही पर्नेमा २ सय ३९ जना पुरुष र १ सय ८० जना महिला रहेका छन् । उनीहरुलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिइ सम्झाई बुझाईगरी छाडेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सुचना जारीगरी घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन उर्दी जारी गरेको थियो ।
जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न स्थानहरुमा प्रहरीले कारबाही गरेको हो ।

Comments

comments