१ साउन,२०७७
नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिको सातौं नगर सभा हिजो बुधवार सम्पन्न भएको छ । कृषि, व्यापार र पर्यटन हाम्रो सशक्त अभियान भन्ने मुल नाराका साथ बुधवार नमोबुद्ध नगरपालिकाको नगर सभाहल भकुण्डेमा सातौ नगर सभा सम्पन्न भएको हो ।
नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको नगरसभामा आर्थिक वर्ष २०७७।०७८ को निति तथा कार्यक्रम पारित सर्वसम्मतीले पारित भएको छ । गत असार १० गते प्रस्तुत भएको निति तथा कार्यक्रम आजको सभाले स्विकृत गरेको हो ।
सभाले आगामि आर्थिक वर्ष २०७७।०७८ को लागि कुल अनुमानित बजेट रकम रु.६८ करोड ८९ लाख ३४ हजार ५ सय ४१ स्वीकृत गरेको छ । नगरपालिकाले आगामि आर्थिक वर्षमा पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको छ ।
नगर प्रमुख टि.पी शर्मा (तिमल्सिनाल)े नगरपालिकाको सातौं नगर सभा सभ्य र भव्य ढंगले सम्पन्न भएको हुंदा यसको निमित्त खटिएका कर्मचारी वर्ग र आम जनप्रतिनिधिहरुलाई आभार प्रकट गर्दै बजेट कार्यन्वयनमा सबै जना एक्यबद्ध रुपमा लाग्नुपर्ने कुरा बताएका थिए ।

सभालाई सम्बोधन गर्दै उपप्रमुख रामदेवी तामाङले कोभिड– १९ ले गर्दा पनि योजनाअनुसार काम गर्न असहज भएको हुंदा नगरवासीले यसलाई बुझनु पर्ने कुरा उल्लेख गर्दै जनप्रतिनिधिहरुले पाउनुपर्ने सेवासुविधा समेत कटौती गरेर ल्याएको यो बजेट कार्यन्वयनमा हामी चुक्न नहुने कुरा व्यक्त गरे । सबै वडाका वडा सदस्यहरुले पनि वडाध्यक्षहरुलाई बजेट कार्यन्वयनमा यथेस्ठ सहयोग गर्नु पर्ने बताउदै कर्मचारीहरुले पनि सेवाग्राहीहरुलाई सहज र सरल ढंगले सेवा प्रदान गर्न कुनै पनि कसुर बांकी नराख्न अनुरोध गरेका थिए ।

सभामा वडा न.२ का वडाध्यक्ष एवम प्रवक्ता सन्जिव ढकालले आर्थिक बर्ष ०७७।७८ विनियोजन बिधियक २०७७ प्रस्ताव प्रस्तुत गरिएका थिए भने वडा नं.१० का वडाध्यक्ष रामकृष्ण उपाध्यायले आर्थिक वर्ष ०७७।७८ को आर्थिक बिधियक प्रस्ताव प्रस्तुत गरिएका थिए ।
नमोबुद्ध नगरपालिकाका वडाध्यक्षहरु वडा न.१ का वडाध्यक्ष कर्म ग्याल्बो लामा, वडा नं.७ का वडाध्यक्ष धर्म सिं लामा, वडा नं.८ का वडाध्यक्ष शेर बहादुर तामाङ,वडम नं.९ का वडाध्यक्ष मेल बहादुर लामा, वडा न.११ का वडाध्यक्ष कुष्ण बहादुर लामा लगायतले आ–आफ्ना बिचार व्यक्त गरेका थिए ।

Comments

comments