१ साउन ,२०७७
 पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका र चौरीदेउराली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७।७८ का लागि बजेट सार्वजनिक गरेको छ ।
हिजो बुधबार बसेको पाँचखाल नगरपालिकाको सातौं नगरसभाको बैठकले ९९ करोड ९४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो ।
कृषि, शिक्षा, स्वास्थ्य, स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको छ । लक्षित वर्गको लागि नगरपालिकाले ८० लाख रुपैँया बजेट विनियोजन गरेको छ ।
आगामी वर्ष पनि नगरपालिकाले सबैभन्दा धेरै काम पुर्वाधारको क्षेत्रमा गर्ने उपप्रमुख लक्ष्मी दनुवारले बताए ।