१ साउन, २०७७
चौरीदेउराली । काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाको आर्थिक वर्ष २०७७।७८ को नीति, कार्यक्रम तथा बजेट घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७।७८ का लागि ५२ करोड ३५ लाख ३ हजारको बजेट पारित गरेको हो ।
हिजो बुधबार बसेको पालिकाको छैठौं गाउँसभाको दोस्रो बैठकले बजेट सार्वजनीक गरेको हो । आर्थिक वर्ष २०७७।७८ का कार्यक्रम स्वरोजगार र कृषिमा केन्द्रित हुने बताइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।