३ श्रावण २०७७
धुलिखेल । धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जु जनताको गुनासो, सल्लाह सुझाव बुझ्ना वडा–वडामा जान शुरु गरेका छन् । आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रममा ‘नगरबासीसँग मेयर’ कार्यक्रम राखिएसँगै मेयर व्याञ्जु आज शनिबारबाट नगरबासीको घरदैलोमा पुग्न थालेका हुन् ।
वडामा नागरिकसँग भेटघाट, छलफल तथा अन्र्तक्रिया गर्ने भएको छ । सोही अनुसार आज वडा नम्बर १० बाट सुरु भएको छ । दुई महिनाभित्र सबै वडामा पुगेर सबै नागरिकहरुको गुनासो, सल्लाह सुझाब लिने ब्याञ्जुले बताए ।
मेयर ब्याञ्जुले सबै वडाका नागरिकले भोगिरहेको समस्या टिपोट गर्ने, सम्भाब्यता अध्ययन गर्दै आगामी दिनमा गर्न सक्ने कामको बारेपनि छलफल गर्नेछ ।
विशेष गरि सो अभियानमा अघिल्लो आर्थिक वर्षमा सकिएका योजनाहरुको समीक्षा, चालु आर्थिक वर्षमा वडामा सञ्चालन हुने कार्यक्रमहरुको जानकारी र नगरपालिकाले गरेको कामका बारे नागरिकको सल्लाह, सुझाव तथा प्रक्रिया लिने मेयर ब्याञ्जुले जानकारी दिए ।
यो अभियानले धुलिखेल नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार जस्ता कार्यक्रममा आम जनसहभागिता जुटाउन र नगरपालिकाप्रति अपनत्व कायम गर्न सजिलो हुने उनको विश्वास रहेको छ । ‘निर्वाचित भएपछि मतदाता भेट्नै नजाने धेरै जनप्रतिनिधिको परिपाटी छ, त्यसले जनप्रतिनिधि र जनताबीच अविश्वास पैदा गराएको छ ।’ व्याञ्जुले भने, ‘त्यस कारण जनतासँग भेटघाट, जनताको आवाज सुन्ने, सम्बोधन गर्ने काम जनप्रतिनिधिले गर्नुपर्छ, त्यहि कार्यक्रम अन्तर्गत म आफै वडा वडामा पुगेर गुनासो सुन्ने कामलाई निरन्तरता दिइरहेको छु, गुनासो सुन्ने मात्रै होइन सम्बोधन पनि हुन्छ ।’
काभ्रेको स्थानीयत तहहरु मध्यमा धुलिखेल नगरपालिकाले जनताको घरदैलोमै पुगेर जनताको गुनासो सुनेर नमुना नगरको रुपमा विकास गरेको महासुस सबैलाई गराएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















