६ श्रावण २०७७
बौद्ध । रोजगारीको शिलशिलामा विभिन्न जिल्लाबाट राजधानीमा आएर बसोबस गर्ने दैनिक ज्याला मजदुरी गरेर जिवनयापन गर्ने श्रमिकहरुलाई प्राचीन आनुवाद एकमातृ गुरु संघ, नेपालले राहत वितरण गरेको छ ।
विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको बेला नेपालमा पनि महामारीलाई नियन्त्रण गर्न लगाइएको लकडाउनका कारणले ज्याला मजदुरी गरेर जिवनयापन गर्ने श्रमिकहरुको पहिचन गरि संघले ६ सय ९ घर परिवारलाई राहत वितरण गरेका संस्थाका महासचिव रोज बहादुर तामाङले तेमाल आनलइनलाई जानकारी दिए ।
उक्त सस्थाले काडमाडौंको बौद्ध, नयाँबस्ती, कुमारीगाल, रामहिटी, तीनचुली, महांकाल, कपन, हाडीगाउँ, बँजाजु, टुसाल, जोरपाटी, आरुबारी, अतारखेल, मकलबारी र नराणटार लगायतका क्षेत्रमा दैनिक ज्यालादारी मजदुर, सुकुम्बासी, गरिव असहाय, विरामीहरुको पहिचान गरि राहत वितरण गरेको तामाङले बताए ।

डोल्पो टुल्कु च्यारीटीबल फाउन्डेशनकोे सहयोगमा र यस सस्थाको समन्वयमा एक परिवारका लागि चार हजार रुपैयाँ रकम बराबरको रासन उपलब्ध गराएका थिए । ३ सय ५३ घर परिवारका लागि प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, १० किलो आँटा पीठो, ४ लिटर तेल, २ किलो चिनी र ४ वटा साबुन वितरण गरेको छ । २ सय ५६ घर परिवारका लागि भने विभिन्न व्यक्तित्वहरुको आर्थिक सहयोगमा राहत वितरण गरेको थियो । उक्त २ सय ५६ घर परिवारका लागि प्रति घर परिवार १० किलो चामल, १।५ केजी दाल, १ लिटर तेल, १ किलो नुन बँडिएका छन् भने आवश्यक्ता अनुसार केहीका लागि ग्याँस, आलु, प्याज, मास्याउरा र केहिका लागि उपाचरका खर्च नगद समेत उपलब्ध गरेका सस्थाका अध्यक्ष राजन कुमार थोकर (सोनम) ले बताए ।
राहतका लागि सहयोग गर्नेहरुको विवरण
सुमित्रा राई रु ५०,०००।–
टासी कुमार लामा रु. २५,०००।–
सुर्य बज्र लामा रु. २५,०००।–
शेखार लामा थोकर रु. २०,०००।–
विर मान लामा रु. २०,०००।– (फ्याफुल्ला कन्स्ट्रक्सनका प्रोपइटर)
इराकु लामा तामाङ रु. १५,०००।–
आङ दावा शेर्पा रु. १२,५००।–
श्रीहरि श्रेष्ठ रु. १०,०००।–
लाक्पा ठिन्ले शेर्पा रु. १०,०००।–
जगत बहादुर तामाङ रु. ८,०००।–
भिम माया तामाङ रु. ३,०००।–
कमला तामाङ रु. २५००।–
ज्ञानु लामा रु. २१००।–
राजु लामा रु. २०००।–
लाल माया तामाङ रु. १५००।–
उक्त राहत वितरण कार्यक्रम सम्बन्धित स्थानिय निकायहरुसँग समन्वय गरि वितरण गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















