७ श्रावण २०७७
धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिकाको विभिन्न महत्वपूर्ण स्थलमा सिसि टीभी जडान गरिएको छ । आज (बुधबार) एक कार्यक्रमका बीच उक्त जडान गरिएको सिसि टीभीको नगर प्रमुख अशोक व्याञ्जुले उद्घाटन गरेका हुन् ।
भिडियो हेर्नुहोस्रः
सिसि टीभी धुलिखेलको महत्वपूर्ण स्थलहरु, चोकहरु, मठमन्दिरहरुमा जडान गरिएको नगर प्रमुख व्याञ्जुले बताए । उद्घाटन पछि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पनि सिसिटीभी हस्तान्तरण गरिएको छ ।

सिसि टीभी जडानले नगर क्षेत्र भित्रको सुरक्षा व्यवस्थापनमा सहजता तथा विभिन्न गतिबिधिहरुको प्रत्यक्ष निगरानी र अपराध नियन्त्र गर्न सहज हुने व्याञ्जुले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















