९ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले नेपाली सेनाको विष्णु दल गण धुलिखेललाई विपदमा उद्धार गर्ने सामाग्री हस्तान्तरण गरेका छन् । विहिबार जिल्ला विपद ब्यवस्थापन समिति मार्फत नेपाली सेनालाई उक्त उद्धारका सामाग्री उपलब्ध गराएको हो ।
नगर प्रमुख अशोक ब्याञ्जुले जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई उद्धारका सामाग्री हस्तान्तरण गरेका थिए भने प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुवास खड्कालाई सामाग्री हस्तान्तरण गरेका थिए ।

नगरपालिकाले ८ लाख रुपैया बराबरका १८ किसिमका सामाग्री उपलब्ध गराएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । ‘उद्धारमा खटिने नेपाली सेनाका लागि आवश्यक सामाग्री हुँदा नागरिकहरुको सहज उद्धार हुने भएकाले नगरपालिकाले उक्त सामाग्री उपलब्ध गराएको हो’–नगर प्रमुख ब्याञ्जुले भने ‘खोज तथा उद्दारका लागि यि सामाग्रीहरु उपयुक्त हुन्छन् ।’
यी हुन् हस्तान्तरण गरिएका सामाग्रीहरु
नगरपालिकाले रेस्क्यु रोप २ थान, पश्निल रोप १२ थान, क्याराविनर स्क्रु टाईप १२ थान, क्याराविनर अटो स्क्रु १२ थान, फिगर ८ क्याराविना ६ थान, चेन पुल्लि ठुलारसानो ३र३ थान, सिट हार्नेस ६ थान, चेष्ट हार्नेस ६ थान, उड कटर १ थान, मेटर कटर १ थान, ट्युव ३ थान, टुचिन ३ थान, क्रम्पस १ थान, प्रोसिक कर्ड १२ थान, हेड ल्याम्पस १२ थान, टर्च लाईट ८ थान, आल्मोनियम भ¥याङ्ग १ थान, किट ब्याग ५ थान उपलब्ध गराएको छ ।

कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेल, शशस्त्र प्रहरी वलका एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धान प्रमुख डिएसपी सरोज निरौला, धुलिखेल नगरपालिकाका लेखा अधिकृत धनबहादुर बस्नेत, कार्यक्रम अधिकृत विदुर गौतम, वडा अध्यक्ष विष्णु धिताल, नेपाली सेनाका विभिन्न तहका ब्यक्तित्वहरु, नेपाल प्रहरी र अन्य ब्यक्तिहरुको सहभागिता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।