९ श्रावण २०७७
बनेपा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञावली भोलि (शनिबार) काभ्रेको बनेपा आउने भएको छ । मन्त्री ज्ञवाली मदन भण्डारी फाउन्डेशन, काभ्रेको जिल्ला भेलालाई सम्बोधन गर्न बनेपा आउने भएको हो ।
राष्ट्रिय युव संघ, नेपालका जिल्ला संयोजक विक्रम चौंलागाईंका अनुसार शनिबार विहान ११ः३० बजे उग्रचण्डी बैक्वेटमा सो भेला हुनेछ । संयोजक चौंलागाईंले भेलामा उपस्थितिको लागि सबैलाई अनुरोध समेत गरेको छ ।

यता नेकपाकी जिल्ला अध्यक्ष रुकु चौंलागाईंले भने घुमाउरो भाषामा उक्त कार्यक्रममा उपस्थित नहुन अनुरोध गरेकी छिन् । सामाजिक सञ्जालमा उनले सो भेलालाई पार्टी एकता विरोधी भेला समेत भन्ना भ्याएकी छिन् ।
यतिखेर पार्टीको न्यूनतम कार्यक्रम जनताको जनवाद भनेर ठोस गरिसकेको अवस्थामा जनताको बहुदलिय जनवाद– जिन्दावाद भन्ने नारा राखिएकोले केही नेकपा कार्यकर्ताहले यसलाई पार्टी एकता विरोधी कार्यक्रम बताएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















