१० श्रावण २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ का किसानहरुालई बाँदर धपाउन ‘मन्की एयर गन’ वितरण गरेको छ । बाँदरले अन्नबाली खाएर किसानलाई दुःख दिन थालेपछि बाँदर धपाउन वडा कार्यालयले उक्त गन वितरण गरेको हो ।
बाँदरले वडाभरि नै समस्या ल्याएपछि किसानहरुले वडामा गुनासो राखेपछि उक्त गनको व्यवस्था गरेको वडा अध्यक्ष राम मोक्तानले बताए । ‘बाँदरले किसानको अन्नबालीमा धेरै क्षति पु¥याउन थालेपछि हामी वडा कार्यालयमा गुनासो आयो ।’ वडा अध्यक्ष मोक्तानले भने, ‘हामीले राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेकोे बाँदर धपाउने यो गन किनेर किसानलाई निःशुल्क वितरण गरेका हौं ।’
किसानलाई उक्त गन ५ थान वितरण गरेको र यसको प्रभावकारी र आवश्यकताको आधारमा फेरि पनि उपलब्ध गराउने मोक्तानले बताए ।

Comments

comments