११ श्रावण २०७७
महाभारत । काभ्रे जिल्लाको कर्णली भनेर चिनिने महाभारत गाउँपालिका निवासी एक जना विरामीको हेलिकोप्टर मार्फत उद्धार उद्धार गरिएको छ । आज महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको पहलमा प्यारालाइसिसका एक बिरामीको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सदरमुकाम र महाभारत गाउँपालिका जोड्ने सडक वर्षातका कारण अबरुद्ध भएपछि अध्यक्ष जिम्बाले वडा नं ७ का ७५ बर्षिय लाल कुमार लोको उपचारको लागि कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
प्याररालाईसिस रोगबाट ग्रसित लोलाई स्वास्थ्यमा जटिल समस्या देखिएका कारण ३६ घण्टापछि उद्धार गरी काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको लागि ल्याइएको छ ।

यस अघि पनि अध्यक्ष जिम्बाको पहिलमा महाभारत गाउँपालिका वडा नम्बर २ की १९ वर्षिया सुत्केरी सुनिता थोकरलाई उद्धार गरिएको थियो ।

अध्यक्ष जिम्बाले गरे हेलिकोप्टरबाट महाभारतकी सुत्केरी महिलाको उद्धार (भिडियो सहित)

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।