११ श्रावण २०७७
काठमाडौं । चितवनको माडी नगरपालिका वडा नम्बर ९ कुसुमखोलास्थित चेपाङ बस्तीमा केही दिन अगाडि त्यहाँका निकुञ्ज प्रशासनले आगजानी गर्नुको साथसाथै हात्ती लगाएर घरहरु भत्काए पछि एक महिना भित्र सुरक्षित आवास निर्माण हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सुरक्षित आवास निर्माणको लागि माडी नगरपालिकालाई निर्देशन दिएपछि चेपाङहरुले सुरक्षित आवास पाउने भएको हो ।

आफ्नो निर्वाचन क्षेत्रमा पञ्चायकालको झ–झल्को आउनेगरि भएको उक्त घट्न प्रति प्रचण्डको सचिवालयले एक विज्ञप्ति जारीगरि विरोध जनाउँदै सत्य तथ्य छानबिन गर्न माग गरेका थिए भने एकमहिना भित्र चेपाङहरुलाई सुरक्षित आबास निर्माण गर्न निर्देशन दिएको थियो ।
आज उक्त घट्नाको स्थलगत अनुगमनका लागि भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, माडी नगरपालिका मेयर ठाकुर प्रसाद ढकाल, मानवअधिकारबादी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु राहत सामाग्री बोकेर घट्नास्थलमा पुगेका थिए ।
प्रचण्डको निर्देशन बमोजिम पीडितहरुलाई एक महिना भित्र सुरक्षित आबास निर्माण गरिने माडी नगरपालिका मेयर ढकालले प्रतिबद्धता जाहेर गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















