११ श्रावण २०७७
काभ्रे । जिल्लाको भुम्लु गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण भएको छ । सो गाउँपालिका वडा नम्बर ८ का ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य संयोजक सुदर्शन भट्टराइका अनुसार संक्रमित ती संक्रमित पुरुषलाई धुलिखेल अस्पताल ल्याएको छ । साउदीबाट आएका संक्रमित पुरुष साउन ३ गतेदेखि पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । त्यसमध्ये २५ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताएका छन्. । बाँकी २ जनाको भने उपचार भइरहेको झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।