यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो । दुई वर्षअघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले भोगेको विद्युत् कटौती समस्या समाधानमा योगदान पु¥याउनुभएको थियो । घिसिङको नेतृत्वमा आर्थिक वर्ष २०७२÷७३ मा रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३÷७४ मा एक अर्ब ५१ करोड खुद नाफा कमाउन सफल भएको थियो । आव ०७४÷७५ मा प्राधिकरणको नाफा एक अर्ब एक करोड आर्जन हुने प्रक्षेपण गरिएको छ । सञ्चालन नाफा रु सात अर्ब ८६ करोड रहेको छ । घिसिङकै नेतृत्वमा गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ । जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करीब ५.५ प्रतिशत र करीब १४.५ प्रतिशत रहेको छ । चालू आवमा विद्युत् चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । कार्यकारी निर्देशक घिसिङले दुई बर्षको अवधिमा लोडसेडिङ हटाउन समय वितेको बताउदै आगामी दिनमा प्राधिकरणभित्र रहेको विकृति हटाउने विषयमा आफ्ले ध्यान दिएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग कुराकानी गर्दै भन्नुभयो,‘लोडसेडिङ पूर्ण रुपमा हटिसकेको छ, अब देशलाई जलविद्युत मार्फत समृद्ध बनाउनु पर्छ ।’
१२ श्रावण २०७७
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने भएको छ ।
प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।
चार वर्षको यो अवधिमा घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्दै घाटामा गएको प्राधिकरणलाई नाफामा र्पुयाएका छन् ।
काठमाडौँका मुख्य क्षेत्रमा विद्युतको तारलाई भूमिगत गराइदै छ भने रुग्ण आयोजनाको निर्माण सम्पन्न भएको तथा विद्युत चुहावट घटाएर प्राधिकरणको सुधारका लागि घिसिङले महत्वपूर्ण योगदान गरेका छन् ।
प्राधिकरणको नेतृत्व रिक्त हुनै लाग्दा कतिपयले नयाँ कार्यकारी निर्देशकका लागि लबिङसमेत सुरू गरेको बुझिएको छ । तर, राम्रो काम गरेकाले घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने जनदबाब सरकारमा छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।