१२ श्रावण २०७७
काभ्रे । १० वर्षे शसस्त्र जनयुद्धका क्रममा घाइते भएका पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर नैनबहादुर तामाङ (जमिन) यतिखेर क्यान्सर रोगबाट पिडित भएका छन् । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका निवासी तामाङ युद्ध मोर्चामा घाइते भएका थिए ।
मृत्युशैयामा संघर्ष गरिरहेका अवस्थामा उनको उपचारको लागि समाजिक सञ्जालमा विभिन्न प्रकारको सवालहरु उठीरहेको छ । साथै उनको उपचारको लागि सहयोगको याचना समेत गरेको छ ।
यसैबीच पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर समेत रहेका नेकपा काभ्रेका जिल्ला सदस्य विनोद गौतमले उनको उपचारको लागि सहयोगको आव्हान नै गरेका छन् । गौतमकै पहलमा संकलन भएको ७० हजार रुपैयाँ नगद रकम आज क्यान्सर पिडित तामाङलाई हस्तान्तरण गरेको छ ।
नेता गौतमका अनुसार सहयोग संकलन अभियानका क्रममा निर्माण व्यवसायी संघ काभ्रेको तर्फबाट २५ हजार, तुलसी नेपालबाट १० हजार, उपेन्द्र घिसिङबाट १० हजार, सुदिप गौतमबाट ६ हजार र प्रदीप गौतमबाट ५ हाजार, प्रल्हाद चौलागाईंबाट ५ हजार, राजेन्द्र भुर्तेलबाट ४ हजार, सुवास गौतमबाट ३ हजार, हरि अधिकारीबाट १ हजार र बिनोद गौतम १ हजार रुपैयाँ संकलन भएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा गौतमले जनमुक्ति सेनाको लागि राज्यले हेर्नुपर्ने र त्यसको पहल कदमिको लागि सबै लाग्नु पर्ने बताउँदै सहयोग अभियान निरन्तर चल्ने र सहयोगको लागि समेत अपिल गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















