१३ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ६, कोलातीका एक बृद्धको विष सेवनबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७६ वर्षिय कृष्णबहादुर सार्की रहेका छन् ।
वडा अध्यक्ष शिवबहादुर शिवभक्तिका अनुसार मृतक सार्कीले नुभन नामक विष सेवन गरेको पाईएको छ । अन्दाजी राती ३ बजे उनले विष सेवन गरेको अनुमान छ । ‘विहान मृत अवस्थामा फेला परेको हो । परिवारको कसैले पनि थाहा पाएन ।’ वडा अध्यक्ष शिवभक्तिले बताए ।
मृतक सार्कीको शव पोष्टमार्टम गर्न प्रहरीले शिरमेमोरियल अस्पताल लगिएको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७६।०७७ मा मात्र त्यस वडामा ३ जनाले आत्महत्या गरेको वडा अध्यक्ष शिवभक्तिले जानकारी दिए । सोही आर्थिक वर्षमा २६ वर्षिय वडा सदस्य अन्जली नेपाली सहित ३ जनाले आत्महत्या गरेका थिए ।
वडाको दलित समुदयमा आत्महत्याको श्रृंखलाबद्ध घट्ना घट्को भन्दै शिवभक्तिले चिन्ता जाहेर गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















