लाखौंको बुद्धचित्त माला सहित ३ जना पक्राउ
१३ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ५ कोटतेमालमा रहेको प्रहरीचौकीले ‘चेकीङ’ आतंक मच्चाएको सर्वसाधारणले गुनासो गरेका छन् । बुद्धचित्त माला अबैध निकासी रोक्न प्रहरी चौकीले यस क्षेत्रमा सक्रियता बढाएसँगै सर्वसाधारणको यो गुनासो आएको हो ।
केटाकेटी देखि बृद्धबृद्धासम्मको सामान्य झोला पनि खानतलास गर्ने र अपशब्द प्रयोग गरेको सर्वसाधारणको गुनासो छ । नियम अनुसार गाउँपालिकामा निकासी कर तिरेर बुद्धचित्त ल्याएको भएपनि दुःख दिने गरेको स्थानीय देव तामाङले तेमाल अनलाईनलाई बताए ।
चेकिङमा रहेका प्रहरीले आफूसँग २ हजार मागेको गुनासो गरे । ‘निकासी कर तिरेको प्रमाण देखाउँदा समेत मलाई अपशब्ध प्रायोग गरे । मसँग २ हजार रुपैयाँ पैसा समेत मागे ।’ उनले भने, ‘प्रहरी कार्यालयमा एस के राइ नामको असई रहेछ उहाँले माफी मागेर मलाई छोड्नु भयो ।’
सामान्य अवस्थाका व्यक्तिहरुलाई समेत चेकिङ गरेर दुःख दिएको गुनासो स्थानीयको छ । ‘आफ्नै बारीको बुद्धचित्त माला, धेरै बोकेर आएको पनि थिएन । २ माला थियो ।’ एक स्थानीयले गुनासो गरे, ‘आफ्नै प्रयोजनको लागि ल्याएको मैले । निकासी कर तिरेको थिएन । तर मलाई राम्रो व्यबहार गरेन ।’
सवारी चेकिङको क्रममा जोसँग पनि पैसाको बार्केनिङ गरिरहेको बुझिएको छ । विशेष गरि बुद्धचित्त माला बौद्धमार्गीहरुले प्रयोग गर्छन् । त्यसैले पनि एक दुईमाला आफ्नै प्रयोजनको लागि बोक्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेले यो क्रम रोक्न निर्देशन दिनुपर्ने सर्वसाधारणको माग छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।