१४ साउन, २०७७ तेमाल। काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं ५ पोखरी नारायणस्थानमा रहेको सत्य नारायण मन्दिरमा यस वर्ष जनै पुर्णिमामा लाग्ने मेला नहुने भएको छ ।
गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले आज बुधबार एक सुचना जारी गर्दै विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण मेला, पर्व, जात्रा जस्ता कार्यहरु नेपाल सरकारको निर्णय अनुसार नगर्न र नगराउन भनिएकोले उक्त मेला नहुने बताए ।
सुचनामा नेपाल सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेपनि कोभिड–१९ को संक्रमण हुने जोखिम अझै रहेकाले आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।
यस वर्षको जनै पुर्णिमा १९ गते परेको छ । यस दिन नारायण स्थानमा ठुलो मेला लाग्दै आएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















