१४ साउन, २०७७ पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले जनै पुर्णिमा र गाईजात्राको अबसरमा २ दिन सार्वजनिक बिदा दिने भएको छ ।
आज बुधबार एक सुचना जारी गर्दै प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर भण्डारीले आउँदो सोमबार १९ गते र मंगलबार २० गते सार्बजनिक बिदा दिने बताएका हुन् ।
सुचनामा नगरपालिका भित्र रहेका सरकारी कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ ।
जनै पुर्णिमा अर्थात रक्षा बन्धन हिन्दु धर्माबलम्बीहरुको विशेष पर्व हो भने गाई जात्रा प्रताप मल्लको समय देखि चल्दै आएको परम्परागत विशेष पर्ब हो । यि दुबै पर्बको हाम्रो समाजमा विशेष महत्व बोकेकोले उक्त दिन नगरले सार्बजनिक बिदा दिएको अधिकृत भन्डारीले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।