१५ श्रावण २०७७
हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयको परिसर भित्र कभडहल (बहुउद्देशीय भवन) निर्माण गरीने भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्ष बसन्त कुमार लामाले आज एक कार्यक्रमका वीच कभडहलको शिलान्यास गरेका छन् ।
प्रदेश प्रहरी भित्र आयोजना गरीने बिभिन्न प्रशिक्षण, कार्यक्रमका साथै बिभिन्न खेलकुद गतिवीधी संचालन गर्न समस्या भएकाले कभडहलको निर्माण गर्न लागिएको हो । निकट भविष्यमै प्रहरी समायोजन पश्चात यसै कार्यालयबाट प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा कार्य गर्नुपर्ने भएको हुँदा बिभिन्न उद्देश्यले आयोजना गरीने प्रहरीको आन्तरीक गतिविधी (प्रशिक्षण, सभा, गोष्ठी) लगाएत खेलकुद सम्बन्धी कार्यक्रम संचालन गर्न सहज होस भन्ने उद्देश्यले उक्त कभडहलको निर्माण गर्न लागिएको हो ।
प्रदेश प्रहरी कार्यालयको आन्तरीक श्रोत तथा अन्य निकायहरुको आर्थिक सहयोगमा निर्माण थालनी गरीएको कभडहलको अनुमानित लागत ८४ लाख रहेको प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरिक्षक सुदिप गिरीले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।