१७ श्रावण २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएपछि आफ्नै घरमा आइसोलेशनमा बसेका छन् । उक्त कुरा सांसद यादवले सामाजिक सञ्जाल फेसबुक मार्फत जानरकारी गराएका हुन् ।

‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु ।’ उनले फेसबुकमा लेखेका छन् ।
उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन् । साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने जनाएका छन् ।
उनले पछिल्लो समय वीरगन्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध गरेको जनाए ।
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो । उनी पनि काठमाडौंस्थित आफ्नो निवासमा आइसोलेसनमा बसिरहेका छन् । उनको मेडिसिटी अस्पतालमा परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको थियो ।
मेयर सरवागी गत सोमबार एक कार्यक्रममा सहभागी हुन वीरगन्जबाट काठमाडौं आएका थिए ।

Comments

comments