१८ आईतावार २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ मा ‘एक घर एक डस्ट्बिन’ कार्यक्रम सञ्चालन गरेको छ । बालमैत्री पूर्ण सरसफाई कार्यक्रम अन्तरगत यो अभियान सञ्चालन गरेको हो ।
बालमैत्री पूर्ण सरसफाई कार्यक्रम अन्तरगत वडा भित्रका सबै घर–घरमा डस्ट्बिन वितरण गरिएको वडा अध्यक्ष बुद्धसिं लामाले जानकारी दिए ।

पूर्ण सरसफाई वडा घोषणा गर्ने लक्ष्यका साथ शुक्रबारदेखि यो अभियान सञ्चालन गरेको वडा अध्यक्ष लामाले बताए । ‘नमोबुद्ध नगरपालिका वडा नंं. ५ का सबै जनता तथा बालवालिकालाई सरसफाईमा उत्प्रेरीत गरी निकट भविष्यमा नै यस वडालाई पूर्ण सरसफाई वडा घोषणा गर्ने लक्ष्य हामीले राखेका छौं ।’ लामाले भने, ‘जनताको स्वास्थ्य प्रति राज्य गम्भिर र जिम्मेवार छ भन्ने व्यवहारिक अभिव्यक्तिको रुपमा हामीले यो अभियान सञ्चालन गरेका हौं ।
वडामा ११ सय वटा भन्दा बढी डस्टबिन वितरण गर्ने लक्ष्या रहेको वडा अध्यक्ष लामाले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।