अञ्जली तामाङ, १९ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. १ स्थित मथुरापाटी फूलबारीमा बँदेलले मकैवाली खान थालेपछि किसान चिन्तित भएका छन् । स्थानीय धारापानी खरेटी सामुदायिक वनको छेउछाउमा रहेका बारीमा बँदेलले मकैवाली खाने र नष्ट पार्न थालेको स्थानीय रविन्द्र सत्यालले जानकारी दिए ।
‘रातभरिमा सुत्ला लाग्ने मकै एक बोट पनि छैन । पूरै नष्ट पारेको छ ।’ सत्यालले भने, ‘वर्षभरिको किसानको कमाई यसरी नष्ट भएपछि खाद्यान्न संकट आउन सक्छ अब ।’
बँदेलले सो क्षेत्रको देउबुझे, मालेगाउँ, ढुंगेपानी, सुनारटोल, भण्डारी टोल, सोखाल, लामीडाँडा, कात्तिकेको मकै नष्ट पारेको उनले बताए । ।
२ सय रोपनी भन्दा बढी जग्गामा लगाएको मकै नष्ट पारेको सत्यालले जानकारी दिए । उनले सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए । ‘किसानले दुःख गरी लगाएको मकै क्षणभरमै बाँदेलले नष्ट पारेको छ । सम्बन्धीत निकायको ध्यान जाओस् ।’ उनले भने, ‘किसानको यो समस्या समाधानको लागि पहल होस् र सरकारले क्षतिपूर्तिको व्यवस्था गरियोस भनी माग राख्दछु ।’
यस अघि पनि बँदेलले मकै खाने गरेपनि सामान्य रहेको उनको भनाई छ । जंगल बढेकोले जंगलगी जनाबर पनि बढेको उनको अनुमान छ । ‘आहिले बँदेलले गाउँ–गाउँमा छिरेर खान थाल्यो ।’ उनले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















