१९ श्रावण २०७७
काठमाडौं । विभिन्न व्यक्तिहरुसँग पोल्यान्ड पठाइदिन्छु भनी ठगी गर्ने चितवन जिल्लाका एक महिला प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनकी ४० वर्षीय कमलाकुमारी थापा रहेकी छिन् ।
थापाले चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।
विभिन्न प्रलोभनमा पारेर लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा थापालाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
पक्राउ परेकी थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।