२० श्रावण २०७७
गोरखा । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।
जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आफ्नै वडाभित्रकी एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उनलाई हाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
(यो समाचारको शिर्षकमा ‘बलात्कारको आरोपमा वडाध्यक्ष रानाभाट पक्राउ हुनुपर्नेमा अन्यथा हुन गएकोमा क्षमाप्रार्थी छौं । –सम्पादक)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















