२० श्रावण २०७७
पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिकाले किसानहरुलाई तीन तहमा वर्गीकरण गरी ‘किसान परिचय पत्र’ दिने भएको छ । बनाईदिने भएको छ । नगरपालिकाभित्र रहेका किसानहरुको तथ्याकं संकलन गरी ‘किसान परिचय पत्र‘ दिने भएको हो ।
नगरपालिकाको कृषि तथा पशुपक्षिं शाखाका संयोजक मणिप्रसाद सापकोटाका अनुसार किसानहरुलाई व्यवसायिक खेतीतर्फ उत्प्रेरणा जगाउने उदेश्यले यसरी वर्गीकरण गरेर परिचय पत्र दिन थालेको हो । सापकोटाका अनुसार किसानलाई व्यवसायिक किसान, व्यवसायिक उन्मुख किसान र निर्वाहमुखी किसान गरी तीन तहमा बर्गिकरण गरिने छ ।
किसान परिचय पत्र बनाएपछि वास्तविक किसानको पहिचान खुल्ने र कृषि अनुदान दिन सजिलो हुने उनले बताए ।
नरपालिकाले यो कार्यक्रम आफ्नो नीति तथा कार्यक्रम र बजेटमा नै समाबेश छ । परिचयपत्र पाएपछि परिचय पत्र लिएका किसानलाई प्राथमिकतामा राखेर प्राङगारिक मल, उन्नत बीउ बिजन, बिषादी र प्राविधिक सेवा उपलब्ध गराउने सापकोटाले जानकारी दिए ।
काभ्रेको १३ स्थानीय तहमा यसरी किसानलाई वर्गीकरण गरेर परिचय पत्र दिनेमा पनौती नगरपालिका पहिलो स्थानीय तह बनेको छ । केन्द्र सरकार र प्रदेश सरकारले कृषि उत्पादनलाई जोड दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएपछि पनौती नगरपालिकाले पनि परिचय पत्र बाँडेर व्यवसायिक कृषि तिर किसानलाई आकर्षण गराउने नगरको रणनीति रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















