२० श्रावण २०७७
धुलिखेल । काभ्रेमा कार्यरत एकजना प्रहरीलाई कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार संक्रमित प्रहरी इलाका प्रहरी कार्यालय बनेपामा कार्यरत थिए ।
३० वर्षका पुरुष प्रहरीको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित प्रहरीलाई धुलिखेल अस्पतालको आईसोलेसनमा राखी उपचार भईरहको झाले जानकारी दिए ।

Comments

comments