कान्छा लामा (क. परिभाषा)
मातृभाषाः आफ्नो आमाले बोल्ने भाषा अर्थात बच्चाले पहिलो पल्ट बोल्ने भाषा नै मातृभाषा हो । बच्चा जन्मे पछि केही बर्षसम्म आमासँगै रहने हुन्छ । बच्चाको बोली नफुटे देखि नै उसले आफ्नो आमाले बोलेको कुराहरु सुनेर सिकाई गरि रहेका हुन्छन् । विस्तारै उसले आफ्नो आमाले जुन भाषा प्रयोग गर्छन् त्यहि भाषा बच्चाले बोल्न थाल्छन् । त्यहि भाषा नै बच्चाले पहिलो पल्ट ग्रहण गर्दछन् । यो भाषा आफ्ना परिवार, घर, छरछिमेक, आफन्त नातागोताले बोल्ने हुदाँ बाल बच्चालाई सिकाई गर्न सजिलो भै राखेको हुन्छ ।
६।७ बर्ष त भाषा सिकाई गर्न नै लाग्ने हुन्छ । यसलाई हामी पहिलो भाषा ९ाष्चकत बिलनगबनभ० पनि भन्ने गर्दछौं । यो पहिलो भाषालाई नै हामी मातृभाषा ९mयतजभच तयगलनभ० भन्ने गर्दछौ । मातृभाषा समुदायगत हुने गर्दछ । त्यसैले यसलाई जाति, जातिगत अर्थात जातीय भाषा भन्ने गर्दछौं । जस्तैः तामाङ जाति वा समुदायले बोल्ने भाषालाई तामाङ भाषा, नेवारले बोल्नेलाई नेवारी भाषा, मगरले बोल्नेलाई मगर भाषा ईत्यादी ।
बाल्यकालमा ग्रहण गरेको भाषामा नै उसले जीवनमा राम्रोसँग अभिव्यक्त गर्न सक्ने हुन्छ । भाषा अभिव्यक्ति माध्यम हो । अभिव्यक्त गर्ने माध्यम मात्र नभएर संस्कृतिको संम्वाहक पनि हो । कुनै मानव समुदाय जसरी जातिहरुमा विभाजन भएको छ त्यसरी नै जातिहरुको आ–आफ्नो मातृभाषा हुने गरेका छन् । आज हामी तामाङ जाति र समुदायले बोल्ने भाषालाई तामाङ भाषा भनेर चिन्ने गर्दछौं । त्यसरी नै नेवार जातिले बोल्ने गरेकोलाई नेवारी, गुरुङको तमु भाषा, मगरको मगर भाषा, राईको राईर याख्खा भाषा, लिम्बुको लिम्बु भाषा, शेर्पाको शेर्पा भाषा, थारुको थारु भाषा, खसहरुले बोल्ने भाषालाई खस भाषा भन्ने गर्दछौं । त्यसरी नै हाम्रो देशमा १२३।२४ प्रकारका भाषा बोल्ने मानिसहरुको बसोबास रहदै आएको छ । नेपालको कुल जनसंख्याको ५६ प्रतिशत भन्दा बढि मानिसले आ–आफ्नो मातृभाषा बोल्ने गर्दछन् ।
तर राज्य सत्ताबाट मान्यता दिएको खस नेपाली भाषाले अन्य मातृभाषाहरुलाई खाई रहेका छन् । यो अन्य भाषिका लागि खस नेपाली सामन्ती भाषा बन्न पुगेको छ किनकी यसले अन्य १२५ भाषीको भाषा विकास, सम्बृद्धिमा तगारो हाल्ने काम भएको छ । यो नेपाल सरकारले बिगतमा लिएको एक्कल भाषा नीतिका कारण उब्जिएको समस्या पनि हो । फरक फरक जाति समुदायका आ–आफ्नै फरक फरक मातृभाषाहरु रहेका छन् । भाषाले जाति वा समुदायको साँस्कृतिक पहिचान बोकि रहेका हुन्छन् । त्यसैले सबैलाई आ–आफ्नो मातृभाषा प्राण भन्दा प्यारो हुने गर्दछ ।
भाषा समुदायगत हुने गरेका पाउछौं अर्थात जातिको हुने गरेको पाउछौ । समुदायको आफ्नै निश्चित थातथलो वा भुगोल हुनुको साथै मूल्य मान्यता, संस्कार, सँस्कृति, आर्थिक सामाजिक संरचना, शासन पद्धति र व्यवस्था पनि रहेको पाउने गरेका छन् । त्यसैले नेपालको राजनीतिमा पहिचानको मुद्दा व्यापक रुपमा उठ्ने गरेको पाईन्छ ।
मातृभाषामा शिक्षाः शिक्षा मानव जीवन संचालनको निमित अति आवश्यक ज्ञान एंवम साधन हुन् । शिक्षाले मानव जीवनलाई उज्यालो पार्ने काम गर्दछ । शिक्षा ज्ञान प्राप्तिका लागि हो । ज्ञान जीवन संचालनको निमित आवश्यक पर्ने गर्दछ । त्यसैले जुनसुकै शिक्षा जीवन उपयोगी हुनु पर्दछ । जीवन धान्न र संचालन गर्न, आय आर्जन मुलक शीपमुलक, प्रविधि मुलक, प्रयोगात्मक, व्यवहारिक हुन अनिवार्य भै सकेका छ । अब कुरा रह्यो मातृभाषामा शिक्षाः यो शिक्षा मातृभाषी समुदायको कला, सीप, संस्कृति, सामाजिक मुल्यमान्यताको विकास सम्बृद्दीमा आधारित हुनु पर्दछ ।
शिक्षा ज्ञान हस्तान्तरण प्रक्रिया पनि हो । यो नेपाल मुलुकको परिवेश र परिपेक्षमा धोका दिने काम मात्र भएकोछ । भाषा–भाषिको मातृभाषामा शिक्षा प्रदान गन्ने कामले ठोस गति, प्रगति, विकास र सम्बृद्धि हासिल गरेको पाईन्न । यो सबै मातृभाषि समुदायका निमित राज्यले दिईएको धोका हो । राज्यको यो अन्यायपूर्ण, विभेद र बेमानी हो । त्यसैले यस मुलुकको सबै भाषाभाषि समुदायहरु सचेतपुर्ण ढङ्गले मातृभाषा शिक्षा कार्यान्वयनमा डटेर लाग्नु र संघर्ष गर्नुको विकल्प देखिदैन ।
मातृभाषामा शिक्षा किन?
जुनसुकै भाषाभाषीका साना वालवालिका नानीहरु शुरुमा उ आफ्नो भाषाका शब्दहरु र वाक्य सिक्ने प्रक्ियामा हुन्छन् । उसले आफ्नै मातृभाषा पनि सबै सिकिसकेका हुदैनन् । त्यसैले वालवालिकाले शुरुमा ग्रहण गर्ने शिक्षा भनेको मातृभाषामा हुनु पर्दछ । साना नानीहरु ७।८ बर्ष उमेरसम्मै उसको आफ्नो भाषा सिक्ने प्रक्रियामा हुन्छन् । यस अवस्थामा वालवालिकालाई दोस्रो भाषामा शिक्षा दिन खोज्नु भनेको महामुर्खता पुर्ण कार्य हो । यो काम र नाटक हाम्रो मुलुकमा मञ्चन भै रहेका छन् ।
१२३।२४ भाषाभाषिका वालवालिकालाई जबरजस्त नेपाली खस भाषाको माध्यमबाट विद्यालयमा पढाइ गर्नु रहेको छ । एउटा भाषा राम्रोसँग बोल्न, सिक्न, लेख्न नसक्दै अर्को दास्रो भाषा सिक्नु पर्ने बाध्यता र त्यस भाषामा पढ्नु पर्ने, सिकाई गर्नु पर्ने कारणले गर्दा उनीहरुको क्षमता विकास हुनुको सट्टामा मार्ने काम भैरहेको छ । त्यति मात्र नभई त्यस दोस्रो भाषामा सिकाई एवं ज्ञान आर्जन गर्ने कुरा कल्पना मात्रै पनि गर्न गाह्रो छ तर नेपालमा भैरहेको छ यही । यसरी नै विद्यालयहरुमा शिक्षण सिकाई भैरहेका छन् । खस नेपाली भाषी बाहेकका अन्य भाषाभाषीका लागि दुर्भाग्यपूर्ण अवस्था र क्षण हो । यो भाषिक अन्याय, अत्यचार, दमन उत्पिडन हो । यसको लागि संघर्ष गर्नु सबै भाषाभाषीको दायित्व हुन आउछ । एउटा भाषा सिक्दै गरिरहेका वालवालिकालाई जबरजस्त दोस्रो भाषामा पठन पाठन गराउन खोज्नु महा अपराध हो । यस्तो कार्य गर्ने गराउनेलाई राज्यबाट नै संरक्षण भएको पाईन्छ । वालवालिकामा विकास भैरहेको क्षमता, प्रतिभा, जोस जाँगर सबै दोस्रो भाषाले ती मारी दिने काम गरि दिन्छन् ।
अहिले हाम्रो देशमा यहि भै राखेको छ । यस्ताखाले मुख्र्याइँ, चतुराई, धुत्र्याई, फट्याइँ प्रभुत्ववादी सोच चिन्तन मनन त्याग्नुको विकल्प अरु केही देखिन्न । सबै भाषाभाषीको भाषा, धर्म, कला, साहित्य, सँस्कार, सँस्कृति, रितिरिवाज, सामाजिक मुल्यमान्यता राष्ट्रको अमुल्य सम्पति एवं निधि हो । यसको विकास, सम्बृद्धिमा लाग्नु आम समुदायको कर्तव्य र दायित्व भित्र पर्दछन्।
मातृभाषामा शिक्षाका सकारात्क पक्षः
१. अन्तरास्ट्रिय सर्वेक्षणहरुले प्रमाणित गरि सकेको कुरोः जुनसुकै वालवालिकाको आफ्नो मातृभाषामा सिकाई गर्दा सिकाई उपलब्धि सर्वोत्कृष्ट पाएको छ ।
२. वालवालिकालाई उनीहरुको आफ्नै भाषामा शिक्षण सिकाई गर्दा रमाउने, खुशी मानेर सिकाई गर्ने पाएको छ ।
३. वालवालिकाहरु सिकाई प्रक्रियामा सक्रिय सहभागीता जनाउने पाएको छ ।
४. सिकाई उपलब्धि उच्च पाउने गरेको छ ।
५. मातृभाषा खस नेपाली नहुने विद्यार्थीको स्कुल छाड्ने ९कअजयय िमचयउ यगत० दर घटाउन सहयोग पुग्ने हुन्छ।
६. भाषाभाषीको भाषा विकास र संरक्षणमा सहयोग पुग्ने हुन्छ ।
७. संविधानले दिएको मौलिक हक अधिकारको रक्षा हुनेछ ।
मातृभाषामा शिक्षा प्रदान गर्न समस्याहरुः
१. नेपालको संविधान, शिक्षा नियमावली र शिक्षा निर्देशिका, भाषा सम्बन्धि अन्तरास्ट्रिय सन्धी, अभिसन्धी लगायतका कानुनहरु नेपाल सरकारले ईमान्दार पुर्वक कार्यान्वयन नगर्नु ।
२. राज्यसत्ता, सरकारले ठोस नीति बनाउदै कार्यान्वयनमा कडाई गर्नुको साटो उल्टै मातृभाषामा शिक्षा दिने नीतिलाई फेल खुवाउने कार्यनीति, शैली व्यवहार र रणनीति अपनाउनु दुरभाग्य हो ।
३. मातृभाषा शिक्षा कि मातृभाषामा शिक्षा कुतर्कको छलफल बहसलाई प्रसाय दिनुले कार्यान्वयन गर्ने पक्ष सरकारात्मक नरहेको कुरा प्रष्ट हुन्छ ।
४. मातृभाषी शिक्षक दरबन्दी कोटाको सृर्जना नगर्नु ।
५. मातृभाषामा शिक्षालाई एउटा बिषयको रुपमा र शिक्षण सिकाईको माध्यम भाषा मातृभाषा भन्ने नबुझ्नु ।
६. स्थानिय मातृभाषा बिषयको ठाउँबाट अंग्रेजी बिषयको पठन पाठन गर्दा समेत विद्यालय र शिक्षकलाई कारवाही नगर्नु ।
७. मातृभाषि समुदायहरु सचेत र जागरुक नहुनु ।
८. विद्यालयहरुमा प्राय खस नेपाली भाषी प्रध्यानाध्यपक र हेडसरहरु हुने हुँदा विद्यलयहरुमा मातृभाषामा शिक्षाको कार्यान्वयनमा समस्या रहेको पाईनु ।
९. एक्काइसौं सताब्दीमा मातृभाषा र मातृभाषामा शिक्षाको कुरा गर्नु झन पछाडी फर्कने र आफ्नो समुदायलाई पछाडी पार्ने काम हो भन्ने बुझाईका साथै यस्ता खाले भ्रमको खेती गर्ने शिक्षकलाई कारवाही नगर्नु ।
यस्ता खाले सोच, चिन्तन र बुझाईका कारण मातृभाषामा शिक्षा दिने कार्य र कार्यान्वयनमा बाधक बनेको छ । आज विश्वका धेरै मुलुकहरु जस्तैः चाईनिज भाषी–चीन, रसियन भाषी रुस, जर्मन भाषी जर्मन, जापानिज भाषी जापान, कोरियन भाषी कोरिया, स्पेनिज भाषी स्पेन, ग्रीक भाषी ग्रीस ईत्यादी भाषामा सिकाई गरेर असफल भएका हुन त होईनन् उनीहरु आफ्नो मातृभाषामा शिक्षा प्राप्त गरी अगाडि पुग्न सफल भए ।
निष्कर्षः
१. तर्कको लागि कुतर्क गर्ने होईन वास्तविक समस्याको खोज, अध्ययन, चिन्तन मनन, अध्ययन, अनुसन्धान गर्ने, ब्यवहारिक प्रयोग, परिक्षण र सर्वेक्षण तिर लागेर नयाँ उपाय, विधि, विकल्पको खोजमा समर्पित हुनु आवश्यक रहेकोछ।
२. वालवालिकाको उमेर बढ्दै जाने क्रममा सिकाई उपलब्धि पनि बढ्दै जाने हुने हुदाँ मातृभाषा पुर्णरुपमा पढ्न, लेख्न जान्ने बुझ्ने भएपछि मात्र दोस्रो भाषामा सिकाई गर्नु उपयुुक्त हुने हुन्छ ।
३. सबै भाषा भाषीको संरक्षण सम्बद्र्धन र विकास गर्नु राज्यको दायित्व भएको हुदाँ मातृभाषामा शिक्षा दिदा सबै मातृभाषाको जगेर्ना, उन्नती, बृद्दी विकास, संरक्षण भई सबै भाषाभाषीको ज्ञानको भण्डार रक्षा हुनेछ । आफु यो राज्यको नागरिक रहेको सम्मानको अनुभत गर्ने छन् ।
(लेखकः नेकपा –विप्लब समूह) निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय संयोकज हुन् । –सम्पादक)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















