२१ श्रावण २०७७
धुलिखेल । काभ्रेमा कार्यरत एकजना पुरुष प्रहरीमा कारोना संक्रमण पुष्टि भएसँगै महिला प्रहरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्र कुमार झाका अनुसार संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत २४ वर्षिय महिला प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित महिला प्रहरी दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नं. ७ की रहेको झाले जानकारी दिए ।
मंगलबार बनेपा प्रहरी कार्यायमा कार्यरत ३० वर्षिय पुरुषमा पनि पिसिआर पोजेटिभ आएको थियो । उनी भने चितवन निवासी हुन् ।
काभ्रेमा २९ जना संक्रमित रहेकोमा २७ जना उपचार निको भइ घर फर्केका छन् भने २ जना आइसोलेशनमा उपचार भइरहेको झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















