२२ श्रावण २०७७
पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ६ त्रेवेणीघाट्मा रहेको तामाङ सेवा समितीद्वारा निर्मित भवनको चेनगेट स्थानीय युवाहरुको पहलमा मर्मत गरेका छन् । चेनगेट बिग्रीएको अवस्थामा रहेकोले भवन भित्र रहेका विभिन्न सामाग्रीहरु चोरी हुने अवस्था रहेकोले स्थानीय युवाहरु मिलेर गेट्लाई मर्मत गरिएको हो ।
तामाङ् समुदायमा मृत्यु भएपछि मृत्यु संस्कारको कार्यहरु सोही भवनबाट हुँदै आएको छ । भवनको ब्यवस्थापनमा समस्या देखिएकोले स्थानीय युवा जित बहादुर थिङ र बुद्ध लामाले मर्मतको लागि पहल गरेका थिए ।
थिङ र लामाको पहलमा पनौती नगरपालिका वडा नं. ९ नैबिसे फाँटमा रहेको दाजुभाइ ग्रील वर्कसपबाट सुकुलाल घिसिङ र कुमार गोले दुई जनाले सो कार्य निःशुल्क गरेका थिए ।
मर्मतको लागि ३३ सय रुपैयाँ खर्च भएको थिङ र लामाले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















