२२ श्रावण २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ ।
कुल संक्रमितमध्ये ७०.७ प्रतिशत कोरोना संक्रमित निको भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ९३७ जना
प्रदेश २ मा ३२३४ जना
वाग्मती प्रदेश ५९१जना
गण्डकी प्रदेशमा १३६२ जना
प्रदेश ५ मा ४०९७ जना
कर्णाली प्रदेशमा १७७७ जना
सुदूरपश्चिम प्रदेशमा ३३९१ जना
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।