२२ श्रावण २०७७
धुलिखेल । काभ्रेमा २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नगेन्द्रकुमार झाले उक्त कुराको पुष्टि गरेका छन् ।
डा. झाका अनुसार संक्रमितहरु बनेपा नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुष र धुलिखेल नगरपालिका वडा नम्बर ७ का ४४ बर्षीय महिला रहेका छन् ।
झाका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । त्यस मध्ये २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ४ जना आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।