२२ श्रावण २०७७
धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ७ की कोरोना संक्रमित महिलालाई धुलिखेल अस्पतालमा भर्ना गरिएको छ । धुलिखेल नगर स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीका अनुसार उनलाई संक्रमित भएको थाहा पाउन साथ अस्पतालमा भर्ना गरिएको हो ।
कोभिड १९ को संक्रमित ४४ वर्षिय महिलाको परिवार तथा टोलमा खबर प्राप्त भएको आधा घण्टा भित्र उनलाई अस्पताल पुर्याएको केसीले जानकारी दिए । उनका अनुसार खबर प्राप्त हुनसाथ जनप्रतिनिधि आफू सहितको सिआइसिटि टिम पुगी कन्ट्याक ट्रेसिङ्ग गरिएको छ ।
साथै संक्रमित र उनको नजिकको १ जना सहितलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको उनले बताए ।
त्यसैगरि परिवारमा सिल गरिएको बताउँदै सतर्क रहन र नआतीन केसीले अनुरोध गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















