२३ श्रावण २०७७
धुलिखेल । सरकारद्वारा प्रतिबन्धित नेकपा (विप्लब समूह) का काभ्रे जिल्ला सदस्य पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
डिएसपी थापाका अनुसार पक्राउ पर्नेमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ५ सिसाखानी छाप निवासी बर्ष ३३ को प्रेम लामा भन्ने प्रशान्त कुमार मोक्तान रहेका छन् ।
पक्राउ परेको मोक्तान भक्तपुर जिल्ला सुर्यबिनायक लक्ष्मीमार्गमा बस्दै आएको थापाले जानकारी दिए ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसूर शिर्षकमा मुद्दा दर्ता भई आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमाबाट दिन ७ को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको डिएसपी थापाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















