२३ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लाको धुलिखेलकी एकजना बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नगेन्द्रकुमार झाका अनुसार संक्रमति हुनेमा धुलिखेल नगरपालिका वडा नं ९ काभ्रे भञ्ज्याङका ८२ बर्षिया बृद्ध रहेका छन् ।
उनको छाउनी अस्पतालमा उपचारको क्रममा पिसिआर पोजिटीभ देखिएको झाले जानकारी दिए ।
बिहीबार कोरोना संक्रमण पुष्टि भएका बनेपा नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुषको उपचार र धुलिखेल नगरपालिका वडा नम्बर ७ का ४४ बर्षीय महिलाको उपचार धुलिखेल अस्पतालमा भइरहेको उनले बताए ।
त्यसैगरि जिल्लामा संक्रमित संख्या ३४ पुगेको छ भने २७ जना निको भइ घर फर्केका छन् र ७ जना आइसोलेशनमा उपचार भइरहेको डा. झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।