२३ श्रावण २०७७
काठमाडौँ । क्वारेन्टाइनमा बसेकी काभ्रेका एक युवतीले आत्म हत्या गरेकी छिन् । बेथानचोक गाउँपालिका वडा नं. ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसिरहेकी २१ वर्षिया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
गाउँपालिकाको स्वास्थय चौकीमा रहेको क्वारेन्टाइनमा बसेकी उनले शुक्रबार आज दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी गत साउन १६ गते दुवैबाट नेपाल आएकी थिइन् ।
उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको आरोप लगाउँदै आक्रमणमा उत्रेका छन् । आक्रोशित भएका उनका आफन्तले क्वारेन्टाइन भवनलगाएत त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि ढुंगामुढाले आक्रमण गर्दा एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् । आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको जनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।