२३ श्रावण २०७७
नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेका नीजि तथा सामुदायिक विद्यालयहरुलाई नेपाली कांग्रेसका नेताहरुले स्वास्थ्य सामाग्री वितरण गरेका छन् । पार्टीका काभ्रेका जिल्ला सदस्य सन्तमान तामाङ र नेपाल तरुण दल नमोबुद्ध नगरका सभापति मणिक लामाले उक्त सामाग्री वितरण गरेका हुन् ।
नेपाल शिक्षक संघ नमोबुध्द नगर समितिको समन्वय तथा व्यबस्थापनमा भकुण्डेमा सम्पन्न एक कार्यक्रममा नगर भित्रका सबै बिद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेका थिए । उनीहरुले बितरण गरेको सामग्रीहरुमा १० हजार पिस माक्स र १ सय १२ बोत्तल सेनिटाईजर रहेको छ ।
नेपाल शिक्षक संघ नमोबुद्ध नगर समितिका सभापति दिनेश अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेसका नगर सभापति कुन्साङ लामा, विशिष्ट अथिति पुर्व संसद हर्षजित लामा र नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत, ने.वि संघ क्षेत्रीय सभापति विद्यासागर लामा लगायतका सहभागी रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।