२४ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लामा पाँच प्रहरी र अस्पतालका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार संघीय प्रहरी इकाइ काभ्रेका पाँच जना प्रहरी र शिर मेमोरियल अस्पतालको आइसोलेसन वार्डमा कार्यरत एक अस्पताल कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
डा. झाका अनुसार उनीहरुको उपचार बनेपा स्थित शिरमेमोरियल अस्पतालको आइसोलेशनक कक्षमा राखी उपचार भइरहेको छ । यसअघि काभ्रेका दुई प्रहरीमा संक्रमण पुष्टि भएको थियो । यो सँगै काभ्रेमा संक्रमित संख्या ४० पुगेको छ ।
काभ्रेमा २७ जनाले कोरोना जितेर घर फर्किसकेका छन भने १३ जना उपचारमा रहेको झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















