दलित गिरफ्तार
२४ श्रावण २०७७
कालिकोट । बलात्कार गरेको आरोपमा पक्राउ परेका कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्षलाई जेल चलान गरेको छ । आरोप लागेका वडाध्यक्ष जगदीश शाहीलाई थुनामा पठाउन कालिकोट जिल्ला अदालतले आदेश दिएको हो ।
एक किशोरीलाई बलात्कार गरेको अभियोगमा शाही पक्राउ परेका थिए । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई कालिकोट जिल्ला कारागार चलान गरिएको छ ।
जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको कालिकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।