२५ श्रावण २०७७
भक्तपुर । भक्तपुरमा जिप र मोटरसाइकल एकापसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराती च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
बा १९ च ३३८४ नं को जिप र बा ६६ प २८१० नं. को मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घट्ना पछि घाइते भएका कमलविनायकका २९ वर्षका मोटरसाईकल चालक सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
दुर्घट्ना पछि जिप चालक फरार रहेको थिए । फरार रहेका जिप चालक रामेछाप खनियापानी गाउँपालिका–७ घर भई काठमाडौँ शंखमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।