२५ श्रावण २०७७
काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नं १३ जनगालमा रहेको संघीय प्रहरी कार्यलय सिल गरिएको छ । त्यस कार्यलयमा कार्यरत प्रहरीहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै बनेपा नगरपालिका वडा नं १३ ले सिल गरिएको छ ।
अहिलेसम्म संघीय प्रहरी कार्यलयमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । दिन दिनै संघीय प्रहरी कार्यलयमा कार्यरत प्रहरीहरुमा कोरोना देखिन थालेपछि वडा कार्यलयले त्यस कार्यलयमा आवत जावत पुर्णरुपमा वन्द गरि उक्त कार्यलय आसपास सिल गरिएको छ ।
संक्रमण बढिरहेको अवस्थामा समेत संघीय प्रहरी कर्यलयमा प्रहरी कर्मचारीहरु बहिरा जाने आउने गरिरहेको थियो । संघीय प्रहरी कार्यलयमा कोरोना देखिएका प्रहरीहरुको कार्यलयमा कार्यरत प्रहरी र सम्पर्कमा रहेको ब्यक्तिहरुको कन्ट्रयक ट्रेसिङ गरिनुपर्ने भएकाले उक्त क्षेत्रमा सिल गरिएको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका डा नरेन्द्रकुमार झाले जानकारी दिए ।
संघीय प्रहरीमा अहिले कन्ट्रयक ट्रेसिङ पिसिआर परिक्षण गर्नको लागि केहिको स्वाब लिईरहेको डा झाले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















