२५ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लाका बढी भिडभाड हुने विभिन्न कार्यालयहरु हप्ताको तीनदिन मात्र खुल्ने भएको छ । मंगलबारदेखि लागु हुनेगरि जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो ।
६ नगरपालिकाका कार्यालय, जिल्ला प्रशासन कार्यालय, काभ्रे, मालपोत कार्यालय, काभ्रे र नापी कार्यालय, काभ्रेले हप्ताको तीन दिन मात्र सेवा दिने जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताएका छन् ।
तिमिल्सिनाका अनुसार कार्यालयहरु आइतबार, मंगलबार र बिहीबार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाका नागरिकले सेवा लिन पाउने छन् भने सोमबार, बुधबार र शुक्रबार बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाका नागरिकले सेवा लिने छन ।
बैठकले बनेपामा रहेको शिर मेमोरियल अस्पताललाई लेभल ३ को कोभिड अस्पतालको मान्यताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको छ ।

Comments

comments